काठमाडौं । प्रोटोनले विद्युतीय सवारी साधन प्रोटोन ‘ई.एमएएस७’ लाई नेपालमा आधिकारिकरूपमा सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त सावरीसाधन नेपाली बजार भित्रिएको जानकारी गराइएको हो ।
नेपालमा प्रोटोन ई.मास सेभेनका दुई भेरियन्टहरु प्राइम र प्रिमियम उपलब्ध हुनेछन् ।
यसको मूल्य ५६ लाख ९९ हजार रुपैयाँबाट सुरु हुनेछ । ई.मास सेभेन प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट गरी ५ वटा आकर्षक रङ्गमा उपलब्ध छ ।
उद्घाटन समारोहमा जगदम्बा मोटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको बेला, हाम्रो लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गरिने बताए ।
प्रोटोन ‘ई.एमएएस७’ दुई भेरियन्ट प्राइम र प्रिमियममा सार्वजनिक गरिएको छ । जसको मूल्य ५६ लाख ९९ हजार देखि सुरु हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्