Skip to content
Prabhu

मेमा हुने एकता महाधिवेशन मात्रै वैधानिक हुन्छ : महेश श्रेष्ठ

काठमाडौं । एनआरएनए अभियन्ता महेश श्रेष्ठले सर्वोच्च अदालतको परमादेश
अनुसार एनआरएनए उच्चस्तरीय समितिले गराउन लागेको एकता महाधिवेशन मात्रै वैधानिक हुने स्पष्ट पारेका छन्।

‘बद्री केसी समूहले सर्वोच्चको निर्देशन पालना गर्नै पर्छ । उच्चस्तरीय समितिलाई सचिवालयमा पहुँच दिनु जरुरी छ, त्यसपछि मात्र समय बढाउने विषयमा छलफल हुन सक्छ,’ उनले भने ।

global
अर्घाखाँची सिमेन्ट

उच्चस्तरीय समितिद्वारा भर्चुअल माध्यमबाट आयोजित एनसीसी तथा अभियन्ताहरूसँगको अन्तरक्रियामा अभियन्ता श्रेष्ठले बद्री केसी पक्षले अक्टोबर २०२५ मा आयोजना गर्ने भनिएको महाधिवेशन वैधानिक नहुने स्पष्ट
पारे।

‘सर्वोच्च अदालतको परमादेश अनुसार आयोजना हुने महाधिवेशन नै वैधानिक
हुन्छ, त्यस बारे कुनै भ्रममा नपरौँ,’ श्रेष्ठले भने। एनआरएनएमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका जापान निवासी श्रेष्ठले बद्री केसी पक्षले सर्वोच्च अदालतको निर्देशन पालना गर्नु पर्ने र उच्चस्तरीय समितिलाई सचिवालयमा पहुँच दिनु पर्ने बताए। ‘त्यसपछि मात्रै महाधिवेशनको समयपछि सार्ने विषयमा छलफल हुन सक्छ,’ उनले भने ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले तीन, तीन पटक पत्र
पठाई सकेको भएता पनि सङ्घको सचिवालय उच्चस्तरीय समितिलाई उपलब्ध गराउन बद्री केसी समूहले आलटाल गर्दै आएको छ।

सर्वोच्च अदालतको परमादेश अनुसार गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएको उच्चस्तरीय समितिले यही ३१ मार्च भित्र सदस्यता लिएर वा नवीकरण गरेर महाधिवेशनको लागि प्रतिनिधि बन्न पुनः आह्वान गरेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal