Skip to content
Prabhu

‘फस्ट एएसी कन्फरेन्स नेपालः विल्डिङ सस्टेनेबल फ्युचर’ कार्यक्रम सम्पन्न, जाेशीले भने ढुक्कसँग घर निर्माणमा प्रयाेग गर्नुहाेस्

काठमाडौं । एएसी ब्रिक्स म्यानुफ्याक्चरर्स एसोसिएसन (एबिएमए)को आयोजनामा ‘फस्ट एएसी कन्फरेन्स नेपालः विल्डिङ सस्टेनेबल फ्युचर’ कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको लाजिम्पाटस्थित दुसित प्रिन्सेस होटलमा शुक्रबार कार्यक्रम भएको हो ।

कार्यक्रममा देश भरका वरिष्ठ आर्किटेक्ट, इन्जिनियर, निर्माण व्यवसायीहरुलाई एएसी ब्लकको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै मुख्य वक्ता भारतीय एएसी विज्ञ तथा कंक्रिट टेक्नोलोजिस्ट मुकुन्द जोशीले विश्व बजारमा एएसीको प्रयोग बढिरहेको बताए ।

global
अर्घाखाँची सिमेन्ट

नेपालमा पनि यो ब्लकको भविष्य राम्रो रहेको उनको भनाइ छ । नेपाल, भारत जस्ता भूकम्पीय जोखिम रहेको स्थानमा एएसी ब्लक विश्वसनीय निर्माण सामग्री बनेको उनले बताए ।

परम्परागत इँट्टा तथा ब्लकको उत्तम विकल्प एएसी रहेको जोशीको भनाइ छ । एएसी क्लबको ताप तथा ध्वनि प्रतिरोधक क्षमताको कारणले निर्माणपश्चात् समेत इनर्जी बचत हुने उनले बताए ।

सुरुका दिनमा देखिएका केही संकोच एएसी गुणस्तरले नभई यसको प्रयोग गर्ने विधिमा समस्या भएकाले केही समस्या आए पनि यस्ता समस्या समाधान भइसकेकाले ढुक्कसँग निर्माणमा एएसी ब्लक प्रयोग गर्न उनले सुझाव दिए । भारतको २० वर्षदेखिको निर्माण प्रक्रियामा पनि अत्याधिक एएसी ब्लक प्रयोग भएको उनले उदाहरण प्रस्तुत गरे ।

अन्तरक्रियामा बोल्दै शहरी विकास सचिव ई. गोपालप्रसाद सिग्देलले सरकारको तर्फबाट एएसी ब्लकलाई प्रयोग गर्न आवश्यक नीति तयार भई अनुमोदन भएको र नेपाल गुणस्तर प्रमाणीकरणको मानक तयार भएकाले सम्पूर्ण उद्योगीहरुलाई उक्त मानक अनुसार ब्लक उत्पादन गरी उचित मूल्यमा बिक्री वितरण गर्न सुझाव दिए । उद्योगलाई थप व्यावसायिक बनाउन नेपाल सरकार तत्पर रहेको पनि उनले बताए।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal