काठमाडौं । आइतबार सेयर बजार उच्च अंकले घटेर कारोबार बन्द भएको दिन एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सेयर बजारमा मिथिला लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
आज यो लघुवित्तको सेयर मूल्य १७८ रुपैयाँ २० पैसाले घटेर १ हजार ६०३ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिनभन्दा १० प्रतिशतले बढी हो । त्यस्तै आज धेरै मूल्य घट्ने पाँच कम्पनीमा सयपत्री हाइड्रोपावर लिमिटेड, उपकार लघुवित्त, अपर सोलु हाइड्रो इलेक्टिक कम्पनी र भूगोल भइनर्जी डेभलपमेन्ट कम्पनी छन् ।
आज सयपत्री हाइड्रोपावरको सेयर मूल्य ७.३४ प्रतिशत अर्थात् ५६ रुपैयाँ ९८ पैसाले घटेर ७१९ रुपैयाँ ६० पैसा पुगेको छ । आइतबार उपकार लघुवित्तको सेयर मूल्य २४५ रुपैयाँ ८८ पैसाले घटेर ३ हजार ३३२ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ६.८७ प्रतिशतले कम हो ।
आज अपर सोलु हाइड्रोको सेयर मूल्य ४२ रुपैयाँ ४४ पैसाले घटेर ५७९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारभन्दा ६.८३ प्रतिशतले कम हो । भूगोल इनर्जीको सेयर मूल्य पनि आज ६.८२ प्रतिशत अर्थात् ५८ रुपैयाँ २० पैसाले घटेर ७९५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्