Skip to content
Prabhu

निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २८ अर्बमाथि, सबैभन्दा धेरै व्यवसाय शिखर इन्स्योरेन्सको

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा निर्जीव बीमा कम्पनीको बीमा व्यवसाय २८ अर्बभन्दा माथि पुगेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब २ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

प्राधिकरणका अनुसार फागुन मसान्तसम्मको अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनीहरुले १८ लाख ४३ हजार ४५६ बीमालेखमार्फत उक्त बीमा शुल्क संकलन गरेका छन् । चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा १४ वटा ठूला निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

शिखर इन्स्योरेन्सले यो अवधिमा कुल ४ अर्ब १ करोड ३९ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अवधिमा कम्पनीले १ लाख ९७ हजार २५८ बीमालेख मार्फत उक्त बीमा शुल्क संकलन गरेको हो ।

त्यस्तै, फागुन महिनासम्मको अवधिमा नेपाल इन्स्यारेन्स कम्पनीले १ लाख २६ हजार ३४ बीमालेखमार्फत १ अर्ब ४० करोड २४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो अवधिमा दि ओरियन्ट इन्स्योरेन्सले २९ हजार १३८ बीमाखेलमार्फत १ अर्ब ७० करोड ३५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै राष्ट्रि बीमा कम्पनीले यो अवधिमा १ लाख ४८ हजार १४० बीमालेखमार्फत १ अर्ब ९ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो अवधिमा नेसनल इन्स्योरेन्स कम्पनीले ७६ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यो अवधिमा कुल २० हजार ६७ बीमालेखमार्फत उक्त बीमा शुल्क संकलन गरेको हो ।

त्यस्तै नेको इन्स्योरेन्सले १ लाख ९० हजार २९२ बीमालेख मार्फत २ अर्ब १९ करोड ४८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ८१ हजार ९९२ बीमालेख मार्फत १ अर्ब १६ करोड १५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ लाख २४ हजार ९६१ बीमालेख बापत १ अर्ब ८५ करोड ९१ लाख र हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ लाख ७४ हजार ७५५ बीमालेख बाट २ अर्ब २१ करोड ५ लाख रुपैयाँको व्यवसाय गरेका छन् ।

फागनु मसान्तसम्मको अवधिमा सानिमा जीआइसी इन्स्योरेन्सले ८८ हजार ३०५ बीमालेखमार्फत १ अर्ब ५७ करोड १० लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ लाख ७११ बीमालेखबाट २ अर्ब ७५ करोड ३९ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ लाख ८५ हजार ८७ बीमालेखमार्फत ३ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ लाख ४३ हजार ८३८ बीमालेखबाट २ अर्ब ३७ करोड ६० लाख रुपैयाँ र युनाइडेट १ लाख २१ हजार ८७८ बीमालेखबाट १ अर्ब ५९ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal