Skip to content
Prabhu

निर्जीवन लघुबीमा कम्पनीको व्यवसाय करिब ५८ करोड नजिक

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८२ को ८ महिनासम्ममा लघु निर्जीवन बीमा कम्पनीको व्यवसाय करिब ५८ करोड नजिक पुगेको छ । सञ्चालनमा रहेका ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्मको अवधिमा ५७ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

यो अवधिमा चारवटा लघु निर्जीवन बीमा कम्पनीले २ लाख ३० हजार ७ वटा बीमालेखमार्फत उक्त बीमा शुल्क संकलन गर्न सफल भएका हुन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ८ महिनाको अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सार्वधिक धेरै बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यो कम्पनीले फागनु महिनासम्ममा ६५ हजार ८३७ बीमालेख मार्फत १६ करोड ६४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

global
अर्घाखाँची सिमेन्ट

त्यसैगरी दोस्रोमा प्राटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले यो अवधिमा ५५ हजार ६२३ बीमालेखबाट १४ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै यो अवधिमा स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले ६१ हजार ९४ वटा बीमालेख बाट १३ करोड ५१ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ भने ट्रष्ट माइक्रो लाइफ इन्स्योरेन्सले४७ हजार ४५४ बीमालेखबाट १३ करोड १६ लाख रुपैयाँको व्यवसाय गरेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal