काठमाडौं । नेपाली विद्युत् प्राधिकरणले १२ घण्टा बिजुली औद्योगिक क्षेत्रमा कटौती गरेपछि उद्योगीहरुले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग लोडसेडिङको तालिका माग गरेका छन् ।
नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल उत्पादक संघ र नेपाल धागो उद्योग संघले आइतबार राजधानीमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी बिजुली दिन नसके लोडसेडिङ तालिका घोषणा गर्न गरेका हुन् ।
‘औद्योगिक क्षेत्रमा सधै लोडसेडिङ भइरहेको छ । तर, विद्युत प्राधिकरण किन लोडसेडिङ छैन भन्छ ? किन लोडसेडिङको सूचना सहितको तालिका दिँदैन ?’ सिमेन्ट उद्योग संघका अध्यक्ष रघुनन्दन भने ।
सिमेन्ट, स्टिल र धागो लगायतका २४ सै घण्टा विद्युत आवश्यक पर्ने उद्योगहरुमा अघोषित लोडसेडिङ भइरहेको उद्योगीहरुले बताउँर्दै आएका छन् ।
विद्युत् प्राधिकरणले २०७५ साल बैशाख ३१ गते सार्वजनिक सूचना जारी गरेर औद्योगिक क्षेत्रको लोडसेडिङ हटेको सूचना दिएको थियो ।
लोडसेडिङले गर्दा उद्योग क्षमताको ३० प्रतिशत पनि सञ्चालन हुन नसकेको गुनासो उद्योगीहरुको छ ।
प्रतिक्रिया दिनुहोस्