Skip to content
Prabhu

म्यान्मारस्थित नेपाली राजदुतावासको यागौंनमा नेपाल–म्यानमार ट्रेड एण्ड टुरिजम एक्स्पो २०२५ सम्पन्न

काठमाडौं । म्यान्मारस्थित नेपाली राजदुतावासले यागौंनमा २१–२२ मार्च २०२५ मा २ दिने “Nepal–Myanmar Trade and Tourism Expo 2025” को आयोजना सम्पन्न भएको छ ।Coming together for Trade and Tourism Promotion नारा लिएर आयोजित उक्त Expo मा नेपाल तथा म्यान्मारबाट व्यापार, पर्यटन, ट्राभल्स एण्ड टुर्स तथा क्ष्त् क्षेत्रसंग सम्बन्धित कम्पनीहरुले ५० भन्दा बढि Booth/stalls मा आफ्नो वस्तु तथा सेवाको प्रदशनी गरेका थिए ।

२१ मार्च २०२५ मा म्यान्मारका वाणिज्यमन्त्री U Tun Ohn इजल तथा म्यान्मारका लागि नेपालका राजदुत हरिश्चन्द्र घिमिरेद्वारा रिबन काट्ने र बेलुन उडाउने रोमाञ्चक समारोहबाट सुरु भएको एक्स्पो मा औपचारिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । रात्री भोज सहितको उक्त कार्यक्रममा नेपाल तथा म्यान्मारका प्रतिनिधिहरुद्वारा प्रस्तुतिकरण, सांस्कृतिक प्रस्तुतिहरु, तथा अतिथिहरुद्वारा Booth/stalls भ्रमण समावेश थियो ।

global
अर्घाखाँची सिमेन्ट

राजदुत घिमिरेले अथितिहरुलाई एक्स्पो मा स्वागत गर्दै नेपाल र म्यान्मारको ऐतिहासिक धार्मिक सम्बन्धलाई अझ विस्तार गरी व्यापार, पर्यटन, व्यवसाय र जनस्तरको सम्बन्धका सम्भावित क्षेत्रहरूमा साझेदारीलाई सुदृढ गर्न दुतावासले निरन्तर एक्स्पो आयोजना गरेको बताए । पर्यटन र IT सेवाको क्षेत्रमा सहकार्य दुवै देशको पारस्परिक हितमा रहेको बताउँदै दुवै देशका सम्भावित व्यवसायीहरूलाई एकै ठाउँमा ल्याएर र सम्पर्क स्थापित गर्नका लागि यस एक्स्पो उपयुक्त प्लेटफर्मको काम गर्ने बताए । राजदूत घिमिरेले सहयोगी साझेदारहरू – नेपाल पर्यटन बोर्ड (NTB), KK Business Group, Kyay O Kyee Petroleum Products Co. Ltd. yanma Tourism Bank,  तथा IT साझेदारहरू Awesome Asia, Info Developers, Onepoint Financial Services, Citytech, Smart Choice Technologies and Diyalo technologies लाई सहकार्यका तथा सहभागिताको लागि धन्यवाद दिए ।

साथै नेपालको होटल, ट्राभल्स एण्ड टुर्स क्षेत्रको प्रतिनिधि गरी Expo मा सहभागी भएका Hotel Manaslu Pvt. Ltd., Hotel Ratnashambhava Pvt. Ltd=, Jugal Holidays, Himalayan 360, Namaste Tourism and Holidays Pvt. Ltd. लाई धन्यवाद दिए । नेपाल तथा अन्य मुलुकहरुमा लोकप्रियता कमाइरहेको 2PM  Noodles tyf Fast moving consumer goods (FMCG) कम्पनी Asian Thai Foods Pvt.Ltd. लाई पनि सहभागिताको लागि धन्यवाद दिए । साथै, Gems and Jewelry,  होटल, ट्राभल्स एण्ड टुर्स क्षेत्रसंग सम्बन्धित म्यान्मारका विभिन्न सहभागी कम्पनीहरुलाई धन्यवाद दिदै Expo सफलताको शुभकामना दिए ।

म्यान्मारका वाणिज्य मन्त्रीले म्यान्मारका जनताका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण रहेकोले नेपाल उनीहरूका लागि धेरै आकर्षक गन्तव्य भएको उल्लेख गर्दै नेपाल र म्यान्मारले पर्यटनका क्षेत्रमा सहकार्यका लागि दुई देशबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्नुपर्नेमा जोड दिए ।  Union of Myanmar Federation या Chambers या Commerce and Industries (UMFCCI) र नेपाल म्यान्मार चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्षहरूले पनि दुई देशहरू बीच पर्यटन र सूचना प्रविधि व्यापारको सम्भावना माथि जोड दिए। NTB का वरिष्ठ प्रबन्धक रानु शाहको प्रस्तुतिले लुम्बिनी लगायतका नेपालका आकर्षक पर्यटकीय स्थलहरू र गतिविधिहरूमा प्रकाश पारेको थियो । UMFCCI का सहमहासचिव Kyaw Dewa ले नेपाल–म्यानमार व्यापार सम्बन्ध तथा सम्भावनाहरूको विषयमा प्रस्तुतीकरण दिए । सहभागी नेपाली IT कम्पनीहरू मध्ये एकका प्रतिनिधि विनोद पोखरेलले गरेको प्रस्तुतिले नेपालको उदीयमान IT क्षेत्रलाई प्रकाश पारेको थियो ।

करिव २५० जनाको सहभागिता रहेको सो कार्यक्रममा यागौंन क्षेत्रका मुख्यमन्त्री, यागौंन क्षेत्रका आर्थिक मामिला मन्त्री लगायत उच्च सरकारी पदाधिकारीहरू, UMFCCI  का पदाधिकारीहरु, Women Entrepreneurs Network (MYAWEN) का सदस्यहरु, Myanmar Travel Association (UMTA), Myanmar Travel Federation (MTF) र Tourism Marketing Association (MTMA) का अदक्ष्य तथा सदस्यहरु, बैंकिक क्षेत्रका उच्चपदाधिकारीहरु, व्यवासायीहरु तथा नेपाली समुदायको समेत सहभागिता रहेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal