Skip to content
Prabhu

‘ग्लोबल रिसाइक्लिङ डे’को अवसरमा बीवाईडीले ल्योयो यस्तो कार्यक्रम, बीवाईडीका ब्याट्री अब रिसाइक्लिङ गरिने,

काठमाडौं । ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले कम्प्रिहेन्सिभ ब्याट्री रिसाइक्लिङ एन्ड रियुज प्रोग्राम कार्यान्वयन गरेको छ । यसले वातावरणीय दिगोपनाप्रति बीवाईडीको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको कम्पनीले जनाएको छ ।

विश्व इलेक्ट्रिक मोबिलिटीतिर लागिरहेका बेला दिगो ईभी इकोसिस्टम प्राप्त गर्न जिम्मेवार रूपमा ब्याट्री व्यवस्थापन गर्नु महत्त्वपूर्ण रहेको र यसैमा कम्पनीले अग्रसर भएको बताएको छ ।

global
अर्घाखाँची सिमेन्ट

यसका लागि बीवाईडीले दुई प्रमुख रिसाइक्लिङ सेवा प्रदायक कम्पनी अमेरिकाको क्यालिफोर्नियास्थित आइटी एसेट पार्टनर्स इंक र चीनको वुहुस्थित एन्हुई लेचेङ लिथियम–आयोन टेक्नोलोजीसँग सहकार्य गरेको छ ।

सन् २०२४ को मे २८ मा भएको सहकार्यले लिथियम–आयोन ब्याट्री प्याक र ब्याट्रीलाई सुरक्षित, उत्तरदायी र दक्ष रूपमा रिसाइक्लिङलाई सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

ब्याट्री रिसाइक्लिङमा बीवाईडीको सर्कुलर इकोनोमी अप्रोच दुवै सेवा प्रदायक कम्पनी रेस्पोन्सिबल रिसाइक्लर (आरटु) सर्टिफाइड हुन् । यसले दिगो रिसाइक्लिङको ग्लोबल स्ट्यान्डर्ड पूरा गर्ने कम्पनीले जनाएको छ ।

रिसाइक्लिङ प्रक्रियाअन्तर्गत क्यापासिटी टेस्टिङ, सेफ डिस्म्यान्टलिङ, मेटरियल रिकभरी र इको–फ्रेन्ड्ली प्रोसेसिङ गरिन्छ । नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले इलेक्ट्रिक सवारीसाधन उत्पादन गर्नु मात्र नभएर सर्कुलर इकोनोमी निर्माण गर्नु नै दिगोपना भएको टिप्पणी गरे ।

नेपाल इलेक्ट्रिक मोबिलिटीतिर रुपान्तरण भइरहेको छ । यसरी नेपालको दिगो लक्ष्यसँग बीवाईडीको पहलले एकरुपता लिएको कम्पनीको भनाइ छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal