Skip to content
Prabhu

हुम्लामा रैथाने बालीको मूल्य निर्धारण

हुम्ला । जिल्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको छ । जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालु आर्थिक वर्षका लागि सात प्रकारका रैथाने बालीको मूल्य निर्धारण गरेको जिल्ला खाद्य व्यवस्था समितिका सदस्य सचिव कृष्णबहादुर थापामगरले जानकारी दिए।

नयाँ मूल्यअनुसार चिनोको चामल प्रतिकेजी १८० रुपैयाँ, कागुनोको चामल प्रतिकेजी १८० रुपैयाँ, सिमी प्रतिकेजी रु १७० रुपैयाँ, तिते फापर प्रतिकेजी १०० रुपैयाँ, मिठे फापर प्रतिकेजी १२० रुपैयाँ, उवा प्रतिकेजी १२० रुपैयाँ र कोदो प्रतिकेजी १०० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

चिनो, कागुनो र तिते फापरको मूल्य अघिल्लो वर्षको तुलनामा रु पाँचले बढाइएको छ भने सिमीमा प्रतिकेजी १० रुपैयाँ बढाइएको छ ।

यी सबै रैथाने बालीको खाद्यान्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गाउँपालिकासँग सम्झौता गरेर खरिद गर्ने छ । हुम्लामा रैथाने बालीको आधिकारिक रुपमा मूल्य निर्धारण गर्न सुरु गरिएको यो तेस्रो वर्ष हो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामालगायतको उपस्थिति थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्