Skip to content
Prabhu

दोस्रो गुल्मी महोत्सव २९ चैतदेखि सुरु

काठमाडौं । गुल्मी दोस्रो महोत्सव २९ चैतदेखि सञ्चालन हुने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा कृषि, पर्यटन, व्यापार एवं औद्योगिक मेला १३ वैशाखसम्म सञ्चालन हुने छ ।

सोमबार तम्घासमा पत्रकार सम्मेलन गर्दै गुल्मी चेम्बर अफ कमर्सले ‘गुल्मी जिल्लाको समृद्धिको आधार स् कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मुख्य नारासहित महोत्सवको आयोजना गर्न लागेको जानकारी गराएको हो ।

global
अर्घाखाँची सिमेन्ट

चेम्बर अफ कमर्सका सचिव सूर्य घिमिरेका अनुसार तम्घासको रेसुङ्गा नगरपालिका–२ स्थित नुनथलामा महोत्सव आयोजना हुनेछ ।

चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले महोत्सवबाट ३० करोड बराबरको आर्थिक कारोबार र डेढ लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।

महोत्सवमा गुल्मीको समग्र कृषि, पर्यटन, स्थानीय संस्कृति र स्थानीय उत्पादन लगायतलाई प्राथमिकता दिइने आयोजकको भनाइ छ ।

महोत्सवले गुल्मीको कृषि, घरेलु औधोगिक प्रवर्द्धनसँगै पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन र प्रचार प्रमासार महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal