काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुको व्यवसया १ खर्ब ९ अर्ब भन्दा माथि पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा १४ वटा ठूला र ३ वटा लघु जीवन बीमा कम्पनीहरुको व्यवसाय १ खर्ब ९ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ पुगेको हो ।
फागनु मसान्तसम्मको अवधिमा ठूला जीवन बीमा कम्पनीहरुको व्यवसाय १ खर्ब ८ अर्ब ७१ करोड १३ लाख रुपैयाँ पुगेको छ भने लघु जीवन बीमा कम्पनीहरुको व्यवसाय ७२ करोड ४६ लाख रुपैयाँ पुगेको छ । बीमा प्राधिकरणको तथ्यांक अनुसार ८ महिनाको अवधिमा सबै भन्दा धेरै बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ । यो कम्पनीले फागुन मसान्तसम्मको अवधिमा कुल २९ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
बीमा शुल्क आर्जनको आधारमा नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थनमा रहेको छ । यो कम्पनीले ८ महिनामा कुल १३ अर्ब ६२ करोड ८४ लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । त्यस्तै यो अवधिमा एलआइसी नेपालले धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीको तेस्रो नम्बरमा रहेको छ । यो कम्पनीले कुल १२ अर्ब ५६ करोड ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै यो अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सले ११ अर्ब २२ करोड २७ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।
त्यस्तै फागनु महिनासम्मको अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन ४ अर्ब २९ करोड २६ लाख रुपैयाँ, मेट लाइफ नेपालको ३ अर्ब ८८ करोड ९ लाख रुपैयाँ, आइएमई लाइफको ३ अर्ब २८ करोड ८७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ ३ अर्ब १९ करोड ७६ लाख रुपैयाँ र सन नेपाल लाइफको २ अर्ब ७० करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन रहेको छ ।
त्यस्तै यो अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले कुला ४ अर्ब ४७ करोड ९३ लाख, एशियन लाइफ इन्स्योरेन्सले ५ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब १७ करोड ५९ लाख रुपैयाँ र सिटिजन लाइफले ४ अर्ब ४९ करोड रुपैयाँको बीमा व्यवसाय गरेका छन् । त्यस्तै फागुन महिनासम्ममा सूर्यज्योति लाइफले ६ अर्ब ६९ करोड ५० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्