Skip to content

हेटौंडा राजस्व कार्यालयद्वारा ८ महिनामा ४ अर्ब २५ करोड २० लाख राजस्व संकलन

nabil bank

बागमती । हेटौंडास्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा चार अर्ब २५ करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत संकलन भएको हो ।

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार आव २०८१/८२ को आठ महिनामा पाँच अर्ब १६ करोड ५२ लाख ३२ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा चार अर्ब २५ करोड २० लाख ३७ हजार रुपैयाँ संकलन भएको छ ।

कार्यालयले अन्तःशुल्कतर्फ दुई अर्ब ४१ कारेड ७४ लाख ४७ हजार रुपैयाँ, आयकरतर्फ ७३ करोड ५२ लाख ९२ हजार रुपैयाँ, मूल्यअभिवृद्धि करतर्फ ६१ करोड ४७ लाख ९९ हजार रुपैयाँ, स्वास्थ्य जोखिम करतर्फ ४१ करोड १३ लाख ५१ हजार रुपैयाँ, ब्याजकरतर्फ छ करोड २५ लाख ९८ हजार र बहालकरतर्फ एक करोड २५ लाख ५० हजार रुपैयाँ संकलन गरेको छ ।

कार्यालयमा आयकरतर्फ ३४ हजार ४३, मूल्यअभिवृद्धितर्फ पाँच हजार नौ सय २३, अन्तःशुल्कतर्फ एक हजार छ सय चार, विथहोल्डतर्फ सात सय ११ र व्यक्तिगततर्फ ८३ हजार सात सय एक करदाता आबद्ध छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi