Skip to content
Prabhu

हुन्डाई नेपालको च्वाइस युआर फ्युचर अभियानसहित क्रेटा इभि र मेड इन नेपाल क्रेटा आइसीई सार्वजननक

काठमाडौं । लक्ष्मी इन्टरकन्न्टनेन्टल प्रा.लल., हुन्डाई गाडीको आधिकाररक वितरक, क्रेटा इभि र क्रेटा आइसीई (मेड इन नेपाल) को सार्वजनिकी गरेको छ । सोमबार काठमाडौंको सोल्टी होटलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

हुप्रतिक्षित क्रेटा इभीको मूल्य ५१ लाख ९६ हजारमै लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले बिक्री सुरु गरेको छ । चार वटा भेरियन्टमा क्रेटा इभीको बिक्री सुरु भएको हो । क्रेटा इभी एक्जुकेटिभको मूल्य कम्पनीले ५१ लाख ९६ हजार तोकेको छ । क्रेटा इभी स्मार्टको मूल्य ५४ लाख ९६ हजार तोकेको छ । क्रेटा सर्मार्ट जेरोको मूल्य ५६ लाख ९६ हजार तोकेको छ । यस्तै, क्रेटा इभी प्रिमियमको मूल्य ५९ लाख ९६ हजार तोकेको छ ।

global
अर्घाखाँची सिमेन्ट

यसैगरी कम्पनीले डिजेल÷पेट्रोल क्रेटा कम्पनीले नेपालमै निर्माण सुरु गरेको छ । कम्पनीले नेपालमै निर्माण सुरु गरेपछि भारी मूल्य छुट दिएको छ । कम्पनीले विभिन्न भेरियन्ट अनुसार ९ लाख सम्म मूल्य घटाएको छ । कम्पनीले क्रेटा ई पेट्रोल एमटीको मूल्य ५३ लाख ९६ हजार तोकेको छ । क्रेटा एस जिरो एमटी को मूल्य ६३ लाख ९६ हजार कायम गरेको छ । क्रेटा एसएक्स एमटीको ६६ लाख ९६ हजार तोकेको छ ।
यस्तै, क्रेटा एस जिरो सीभीटी को ६७ लाख ९६ हजार तोकेको छ । सबै भन्दा धेरै फिचर भएको क्रेटा एस एक्स जिरो सीभीटीको ७८ लाख ९६ हजार नयाँ मूल्य तोकेको छ ।

मोटर साइकल कम्पनीहरुले एसेम्बल प्लान्ट लगाएपनि मूल्य घटाउनुको साटो एकतर्फी मूल्य बढाइरहेका छन् । तर हुण्डाईले भने मूल्य घटाएर ग्राहकलाई सुविधा प्रदान गरिरहेका छन् । कम्पनीले नेपालमा १० हजार वटा क्रेटा बिक्री भैसकेको जानकारी दिएको छ ।

यस्तो छ क्रेटा इभीको फिचर

क्रेटा इभीमा ग्राउण्ड क्लिएरेन्स २ सय एमएम दिएको छ । जसले अफरोड बाटोमाई पनि सजिलै गुडाउन सकिन्छ । ब्रेक ओभर एगंल १७ डीग्री दिएको छ । ४२ किलोवाट क्षामताको ब्याट्री दिएको छ । जसले एक पटकको फुल चार्जमा ३८० किलोमिटर गुड्ने कम्पनीको दाबी छ । गाडीको म्याक्सिमम पावर ९९ सय किलोवाट दिएको छ । गाडीलाई तीनवटा ड्राइभिङ मोडमा गुडाउन सकिन्छ ।

इको,नर्मल र सेपोर्ट मोडमा कुदाउन सकिन्छ । गाडीलाई पानी र हिलोमा समेत गुडाउन सकिने कम्पनीको दाबी छ । गाडीको सिट मकै,मकैको खोस्टा र रिसाइकल गरिएको पेट बोतलबाट निर्माण गरिएको छ । २६.०३ इन्चको लम्बाई र १०.२५ इन्चको चौडाई रहेको स्कृन दिइएको छ । अगाडीको २ वटा सिटलाई चिसो र तातो दुबै बनाउन मिल्ने गरी भेन्टलेटेड गरेको छ ।

गाडी घरमै चार्च गर्दा फास्ट चार्जिङले फुल चार्च हुन ४ घण्टा लाग्छ भने डीसी फास्ट चार्जिङले ५८ मिनेटमा १० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ । कम्पनील २ वटा एयर ब्याग दिएको छ भने स्पेयर टायर एक वटा दिएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal