काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको कारोबार गत आइतबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्