Skip to content
Prabhu

भियतनाममा १७.७ अर्ब डलर मनी लन्ड्रिङको मुद्दामा पुनरावलोकन सुरु

हो ची मिन सिटी । मनी लन्ड्रिङको दोषी ठहरिएकी भियतनामी रियल स्टेट टाइकुनको अपिल मंगलबार सुरु भएको छ । तीन महिनापछि उनले छुट्टै मुद्दामा मृत्युदण्ड विरूद्धको चुनौती गुमाएकी थिइन् ।

रियल स्टेट व्यवसायी ट्रुङ माई लानलाई सन् २०२४ अप्रिलमा साइगन वाणिज्य बैंक (एससिबी) बाट पैसा चोरी गरेको आरोपमा दोषी ठहर गरिएको थियो र २७ अर्ब डलरको ठगी गरेको आरोपमा मृत्युदण्ड सजाय सुनाइएको थियो ।

global
अर्घाखाँची सिमेन्ट

लानले त्यस फैसलाविरुद्ध अपिल गरे र अदालतले उनको सजाय घटाउने कुनै आधार नभएको बतायो । यद्यपि अदालतले चोरी गरिएका सम्पत्तिको तीन चौथाई फिर्ता गरे मृत्युदण्डबाट उम्कन सक्ने बतायो ।

अहिले उनले अक्टोबरमा भएको दोस्रो मुद्दाको फैसलाविरुद्ध अपिल गरिरहेकी छन् । उक्त मुद्दाको फैसलामा उनलाई तीनवटा अपराधका लागि आजीवन कारावासको सजाय सुनाइएको थियो ।

मंगलबार उच्च–प्रोफाइल सुनुवाइमा अभ्यस्त लानले प्रहरी अधिकारीहरूसँग कुराकानी गर्नुभयो र हो ची मिन सिटीमा अदालत सुरु हुने पर्खाइमा अपेक्षाकृत सहज देखिएको थियो । प्रहरी अधिकारीहरूको घेराबीच उनकी भतिजी उनको पछाडि बसेकी थिइन्। भतिजीलाई अक्टोबरमा सम्पत्ति ठगीका लागि पाँच वर्षको जेल सजाय दिइएको थियो ।

अक्टोबरमा मनी लन्ड्रिङको आरोपमा उनलाई दिइएको दुई वर्षको सजाय स्वीकार गरिसक्नुभएका उनका पति चु न्याप कीबिना लान अदालतमा परेको यो पहिलो पटक हो ।

राज्य मिडियाका अनुसार अपील अप्रिल २१ सम्म चल्नेछ र लानको बचाउ आठ वकिलले गर्नेछन् ।६८ वर्षीया लानलाई १७ अर्ब ७० करोड मनी लन्ड्रिङ र चार अर्ब ५० करोड डलरको गैरकानूनी सीमापार कारोबारको दोषी ठहर गरिएको छ । उनीमाथि एक अर्ब २० करोड डलर ठगी गरेको अभियोग पनि लागेको थियो ।

लान ‘मुख्य योजनाकार हुनुहुन्थ्यो, परिष्कृत तरीकाले, धेरै पटक अपराध गर्नुभयो, जसले विशेष रूपमा गम्भीर परिणामहरू ल्याउनुभयो’ भन्ने अदालतले निर्धारण गरेको छ ।

अन्य ३३ अभियुक्तलाई पनि हो ची मिन सहरको अदालतमा सजाय दिइएको थियो र उनीहरूलाई दुईदेखि २३ वर्षसम्मको जेल सजाय दिइएको थियो । तीमध्ये २७ जनाले आफ्नो सजायविरुद्ध अपिल गरिरहेको सरकारी मिडियाले बताएको छ ।

अप्रिलमा पहिलो सुनुवाइका बेला लानलाई १२ अर्ब ५० करोड डलर हिनामिना गरेको दोषी ठहरिएको थियो तर अभियोजन पक्षले यो ठगीले कुल २७ अर्बको क्षति पु¥याएको बताएका छन् जुन देशको सन् २०२३ को कुल गार्हस्थ्य उत्पादन (जिडिपी) करिब छ प्रतिशत बराबर हो ।

लानसँग एससिबीमा कागजी रूपमा मात्र पाँच प्रतिशत सेयर थियो तर अदालतले परिवार, साथी र कर्मचारीहरूमार्फत उहाँले प्रभावकारी रूपमा ९० प्रतिशत नियन्त्रण गरेको निष्कर्ष निकालेको छ ।

बैंकमा आफ्नो बचत निक्षेप गरेका दशौं हजार मानिसले पैसा गुमाएका थिए । यसले साम्यवादी राष्ट्रलाई स्तब्ध बनाउँदै दुर्लभ विरोध प्रदर्शनहरू गर्न पीडितहरूलाई प्रेरित गरेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal