Skip to content
Prabhu

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरे पदभार ग्रहण, लोडसेडिङको हल्ला निराधार हो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका शाक्यले मंगलबार साँझ प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

सरकारले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको थियो । लगत्तै उनको नियुक्ति प्रमाणित भएर आएपछि नियुक्तिपत्र लिएका थिए । प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हुन्छ भनेर भएको हल्ला निराधार भएको दाबी गरेका छन् । शाक्यले पदभार ग्रहण गपछि सञ्चारकर्मीसँग बोल्दै अब घरायसी ग्राहकहरूमा लोडसेडिङ नहुने उनले बताए ।

global
अर्घाखाँची सिमेन्ट

‘केही मानिसहरूले लोडसेडिङ हुन्छ भन्ने हल्ला चलाएका छन् । त्यो निराधार हो । अब घरायसी ग्राहककहाँ लोडसेडिङ हुँदैन,’ उनले भने, ‘उद्योगमा लोडसेडिङ छ, त्यो पनि हटाउँछु ।’ आफू ०७७ सालमा केही समय कार्यकारी निर्देशक हुँदा अहिलेभन्दा पनि विश्वासिलो बिजुली दिइएको उनले बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal