Skip to content
Prabhu

युरोपेली बजारमा विद्युतीय सवारीको बिक्री उल्लेखनीय वृद्धि, पेट्रोल र डिजेल गाडीको माग घट्यो

एजेन्सी । युरोपेली युनियन (इयू) मा सन् २०२५ को पहिलो दुई महिनामा विद्युतीय सवारीको बिक्रीमा २८.४ प्रतिशतको वृद्धि भएको छ । परिणामस्वरूप यी सवारीले १५.२ प्रतिशत बजार हिस्सेदारी ओगटेका छन् । यो वृद्धि गत वर्षको तुलनामा निकै उच्च हो, जुन २०२४ को समान अवधिमा ११.५ प्रतिशत थियो ।
global
अर्घाखाँची सिमेन्ट
इलेक्ट्रिक गाडीहरूको माग प्रमुख यूरोपेली बजारहरूमा थप बलियो भएको छ । जर्मनीमा ४१ प्रतिशत, बेल्जियममा ३८ प्रतिशत र नेदरल्यान्ड्स २५ प्रतिशत छ । यी देशहरूमा यो वृद्धि विशेष गरी स्पष्ट देखिएको छ । यद्यपि फ्रान्समा १.३ प्रतिशतको गिरावट छ ।
त्यस्तै, हाइब्रिड गाडीहरूको माग पनि १८.७ प्रतिशतले वृद्धि भएको छ, जसले ईयूको कुल ३५.२ प्रतिशतको बजार हिस्सेदारी कब्जा गरेको छ । यसले युरोपेली उपभोक्ताहरू बीचमा यसको लोकप्रियता अझै कायम रहेको देखिन्छ । फ्रान्समा ५१.४ प्रतिशत, स्पेनमा ३१.५ प्रतिशत, इटाली १०.४ प्रतिशत, र जर्मनी ९.८ प्रतिशतको महत्वपूर्ण वृद्धि देखिएको छ ।
प्लग–इन हाइब्रिड इलेक्ट्रिक गाडीहरूको बिक्रीमा भने ५ प्रतिशतको गिरावट आएको छ । विशेष गरी बेल्जियम र फ्रान्समा यसको मागमा ठूलो घटबढ भएको छ । यद्यपि, यी गाडीहरूको कुल बजार हिस्सेदारी ७.४ प्रतिशत मा रहेको छ।
पेट्रोल र डिजल गाडीहरूको मागमा भने ठूलो गिरावट देखिएको छ । सन् २०२५ को पहिलो दुई महिनामा पेट्रोल गाडीहरूको बिक्रीमा २०.५ प्रतिशत को गिरावट आएको छ, जसको कारण फ्रान्स, जर्मनी, इटाली र स्पेन जस्ता प्रमुख बजारहरूमा कमी आएको हो । डिजल गाडीहरूको बिक्रीमा पनि २८प्रतिशत को गिरावट आएको छ ।
यस आर्थिक परिवर्तानसँगै युरोपेली बजारमा ग्रीन गाडीहरूको प्रगति र पेट्रोल तथा डिजल गाडीहरूको घट्दो मागले सकारात्मक वातावरण सिर्जना गरेको छ। यो ट्रेन्डले दीर्घकालीन रूपमा पर्यावरण संरक्षण र दिगो यातायातको दिशा तय गर्नेछ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal