Skip to content
Prabhu

पूर्वीनाका काँकडभिट्टाबाट ८ महिनामा १२ अर्ब ६४ करोडको पेट्रोलिय आयात

भद्रपुर । चालु आर्थिक वर्षको ८ महिनामा काँकडभिट्टाबाट १२ अर्ब ७४ करोड १६ लाख रुपैयाँ मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ ।

गत आवको ८ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६४ करोड १७ लाख ५९ हजार रुपैयाँले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा १३ अर्ब ३८ करोड ३३ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताए ।

global
अर्घाखाँची सिमेन्ट

चालु आवका ८ महिनामा पेट्रोलिय पदार्थको आयातबाट ६ अर्ब १२ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो । गत आवको आठ महिनामा पाँच अर्ब ८० करोड १८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal