वीरगञ्ज । वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको ८ महिनामा ३३ करोड ५६ लाख ८७ हजार सात सय ७८ रूपैयाँ राजस्व संकलन गरेको छ ।
महानगरले गत आवको सोही अवधिको तुलनामा ३६ लाख ४१ हजार १ सय ६१ रूपैयाँ बढी राजस्व संकलन गरेको हो ।
वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व संकलन भएको जानकारी दिए । महानगरले सम्पत्ति करबापत १२ करोड ११ लाख ९७ हजार रूपैयाँ र पूर्वाधार सेवाको कर उपभोगमा लाग्ने करबापत एक करोड ६८ लाख रूपैयाँ संकलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्