Skip to content
Prabhu

अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) फेरि बजारबाट ३० अर्ब रुपैयाँ उठाउने भएको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता बढ्दै जाँदा केन्द्रीय बैंकले बजारबाट लगातार रूपमा तरलता प्रशोचन गर्दै आएको छ ।

सोहीअनुसार केन्द्रीय बैंकले आज २१ दिनका लागि बजारबाट ३० अर्ब रुपैयाँ उठाउन लागेको हो । उक्त रकमको साँवा तथा ब्याज बैंकहरुले वैशाख ३ गते फिर्ता पाउनेछन् । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।

global
अर्घाखाँची सिमेन्ट

बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । अर्थात् सबैभन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तीय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्ने राष्ट्र बैंकले जनाएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal