Skip to content
Prabhu

तनहुँकाे राजस्व कार्यालयद्वारा ८ महिनामा ८ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली

तनहुँ । तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ८ अर्ब ३१ करोड ९१ लाख रुपैयाँ राजस्व असुली गरेको छ । यो रकम निर्धारित लक्ष्यमा एक प्रतिशतले कम हो ।
global
अर्घाखाँची सिमेन्ट
कार्यालयलाई आठ अर्ब ४० करोड १७ लाख रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य दिइएकामा ९९ प्रतिशत लक्ष्य पूरा भएको उक्त कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । कार्यालयले  चालु आवमा १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार रुपैयाँ असुली गर्ने लक्ष्य लिएको छ ।
तनहुँ कार्यालयमा २५ हजार करदाता करको दायरमा समाहित छन् ।  यहाँ लमजुङ, गोर्खा र मनाङका उद्यमी–व्यवसायीले पनि राजस्व दाखिला गर्दै आएका छन् ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal