Skip to content
Prabhu

कैलाली भन्सार कार्यालयद्वारा ८ महिनामा ५ अर्ब ३४ करोड राजस्व संकलन

कैलाली । कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा पाँच अर्ब ३४ करोड १९ लाख रुपैयाँ बराबर राजस्व संकलन गरेको छ । कार्यालयले चालु आवको साउनदेखि फागुन मसान्तसम्म उक्त राजस्व संकलन गरिएको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार यस अवधिमा भन्सार महसुलतर्फ दुई अर्ब ५९ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ४१ लाख रुपैयाँ, अन्तःशुल्कतर्फ १३ करोड ८२ लाख र अन्यतर्फ एक अर्ब १९ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गरिएको हो ।

global
अर्घाखाँची सिमेन्ट

चालु आवमा ११ अर्ब १६ करोड २६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा आठ महिनामा सो लक्ष्यको ४७ दशमलव ८६ प्रतिशतमात्रै सङ्कलन भएको उनले जानकारी दिए ।

चालु आवको साउनमा ५७ करोड ५० लाख रुपैयाँ, भदौमा ५३ करोड ८४ लाख रुपैयाँ, असोजमा ६७ करोड २४ लाख र कात्तिकमा ६२ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, मङ्सिरमा ८१ करोड १३ लाख रुपैयाँ, पुसमा ६५ करोड ८७ लाख रुपैयाँ, माघमा ७३ करोड दुई लाख र फागुनमा ७२ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए ।

सूचना अधिकारी अर्यालले बढी राजस्व संकलन हुने पेट्रोलियम पदार्थलगायत वस्तुको आयात घटेको र यस्तै अन्य कारणले पनि राजस्व संकलनको लक्ष्य हासिल गर्न नसकिएको बताए ।

कार्यालयले गत आव २०८०/८१ मा पनि राजस्व संकलन लक्ष्य पूरा गर्न सकेको थिएन । गत आवमा ११ अर्ब ५८ करोड २४ लाख रुपैयाँ वार्षिक राजस्व संकलनको लक्ष्य तोकिएकामा ७ अर्ब ९१ करोड ८० लाख रुपैयाँ मात्र संकलन भएको थियो । जुन वार्षिक लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal