काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ७३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९ सय ९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्