काठमाडौं । माछापुच्छ्र्रे बैंकले आफ्ना ग्राहकलाई थप सुविधाहरू प्रदान गर्ने उद्देश्यले द मेट्रोपोलिटन होटल लिमिटेड (मक्र्योर होटल) सँग साझेदारी गरेको छ ।
यो सहकार्यअन्तर्गत, माछापुच्छ्र्रे बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले मक्र्योर होटलका विभिन्न सेवा सुविधामा बढीमा १० प्रतिशतसम्मको विशेष छुट दिने भएको हो ।
बैंकका ग्राहकहरूले मक्र्योर होटलमा बसाइ, खानपान तथा अन्य सेवाहरूमा उक्त आकर्षक छुटहरू प्राप्त गर्न सक्नेछन् । बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको छ ।
स्थापना कालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले पूर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १ सय ६५ वटा शाखा, ९९ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २ सय ७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २ सय ४ वटा एटीएमहरुमार्फत १६ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्