Skip to content
Prabhu

नेपाल–बंगलादेश व्यापारः आयात ३ अर्ब, निर्यात २७ करोड

भद्रपुर । चालु आर्थिक वर्षको ८ महिनामा बंगलादेशबाट २ अर्ब ९६ करोड ९१ लाख ५२ हजार रुपैयाँ बराबरका मालसामान आयात तथा २७ करोड ६८ लाख ५४ हजार रुपैयाँ बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन् ।

काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बंगलादेशबाट सबैभन्दा धेरै १ अर्ब ६० करोड बराबरको अप्रशोधित जुट आयात भएको छ ।

global
अर्घाखाँची सिमेन्ट

यसैगरी आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजका मालसामान छन् ।

काँकडभिट्टाबाट २३ करोड ६२ लाख ५८ हजार रुपैयाँको खुदो निर्यात भएको छ । समीक्षा अवधिमा जडीबुटी, घरायसी सामग्री तथा पशुआहार पनि बंगलादेश निर्यात भएको छ । द्विदेशीय व्यापारमा सन्तुलन कायम हुन नसकेकामा चिन्ता व्यक्त गर्दै प्रमुख पाण्डेयले बिजुली निर्यातबाट त्यो परिपूर्ति गर्न सकिने बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal