Skip to content
Prabhu

लक्ष्मी स्टील्स लिमिटेडमा एनआईबिएल इक्विटी पार्टनर्सको लगानी

काठमाडौं । एनआइएमबि एस क्यापिटलद्वारा सञ्चालित एनआईबिएल इक्विटी पार्टनर्सले लक्ष्मी स्टील्स लिमिटेडमा लगानीसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा मंगलबार एनआइएमबि एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल र लक्ष्मी स्टील्सका निर्देशक बिमलकुमार सावरथिया बीचमा हस्ताक्षर भएको हो । यस साझेदारीले लक्ष्मी स्टील्सको उत्पादन क्षमता तथा बजार विस्तारलाई तीव्रता दिनको लागि थप मद्दत गर्ने छ ।

global
अर्घाखाँची सिमेन्ट

नेपालको स्टील उद्योगको स्तम्भ

सन् २००८ मा सौरभ ग्रुपअन्तर्गत स्थापना भएको लक्ष्मी स्टील्स लिमिटेड, टिएमटी रड, ब्लेड र रिब्ड तारहरूको प्रमुख उत्पादक कम्पनीको रुपमा रहेको छ ।

नवलपरासीको सुनवलमा अत्याधुनिक स्तरको उद्योग सञ्चालन गर्दै आएको कम्पनीले उच्च गुणस्तरको स्टील उत्पादनगर्न प्रतिबद्ध रहिआएको छ । यस सम्झौताले नेपालको पूर्वाधार तथा आर्थिक वृद्धिमा अझ बढी योगदान पुर्याउन सफल हुने कम्पनीको विश्वास रहेको छ ।

उत्कृष्टता हासिल गर्दै

एनआर्ईबिएल इक्विटी पार्टनर्सबाट गरिएको यो लगानीले लक्ष्मी स्टील्सको उत्पादन क्षमतालाई सुधार गर्न, उत्पादन दक्षता बढाउन र यसको बजार पहुँच विस्तार गर्न सशक्त सहयोग पुर्याउनेछ । लक्ष्मी स्टील्सले नेपालको स्टील उद्योगमा आफ्नो बिस्तारलाई अझै मजबुत बनाउन र देशको आर्थिक प्रगतिका समेत योगदान पुर्याउने लक्ष्य राखेको छ ।

एनआइएमबि एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवालले भने, ‘लक्ष्मी स्टील्स लिमिटेडसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ । एनआर्ईबिएल इक्विटी पार्टनर्स आर्थिक वृद्धिमा योगदान पुर्याउने तथा त्यस्ता आर्थिक वृद्धि गर्न सहयोग पुर्याउने सशक्त व्यवसायहरूलाई समर्थन गर्न प्रतिबद्ध रहेको छ । यस लगानीको साथ हामी लक्ष्मी स्टील्सलाई नयाँ उचाइमा पुर्याउन र नेपालको पूर्वाधारको मेरुदण्डलाई मजबुत बनाउन मद्दत गर्ने उद्देश्य राख्छौं ।’

लक्ष्मी स्टील्सका निर्देशक बिमलकुमार सावरथियाले भने, ‘एनआर्ईबिएल इक्विटी पार्टनर्ससँगको यो साझेदारी हाम्रो लागि एक सुनौलो अवसर हो । उनीहरुको विशेषज्ञता र पुँजीले हामीलाई कम्पनीको क्षमता विस्तार गर्न र नेपालको आर्थिक विकासमा योगदान गर्न थप मद्दत गर्नेछ । यसका साथसाथै हामी स्टील उद्योगको लागि एक बलियो भविष्य निर्माण गर्दैछौँ ।’

एनआर्ईबिएल इक्विटी पार्टनर्स र लक्ष्मी स्टील्स लिमिटेड बीचको यो साझेदारीे नेपालको औद्योगिक क्षेत्रका विकासकोे लागि एक महत्वपूर्ण कदम हो । वित्तीय विशेषज्ञता र उत्पादन क्षमताको संयोजन गर्दै यो साझेदारीले रोकारवालाहरूलाई दीर्घकालिन फाइदा पुर्याउन र देशको पूर्वाधार लक्ष्यहरूलाई अगाडि बढाउने उद्देश्य राखेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal