बागमती । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका १ सय ९९ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ ।
गत आर्थिक वर्षदेखि आरम्भ भएको अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानअन्तर्गत हालसम्म १९९ श्रमिकलाई कोषमा आबद्ध गराइएको गाउँपालिकाका अध्यक्ष फिद लामाले जानकारी दिए ।
अभियानअन्तर्गत अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक १० हजार ८ सय २० रुपैयाँ पारिश्रमिकबाट ११ प्रतिशत अर्थात् एक हजार एक सय ८० र गाउँपालिकाले एक हजार १४ गरी दुई हजार २ सय ४ रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुने व्यवस्था मिलाइएको उनले बताए । कोषमा श्रमिकलाई आबद्ध गराउन चालु आवमा २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्