Skip to content
Prabhu

प्रतिनिधिसभाको बैठक २ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो २ बजे बस्नेगरी समय निर्धारण गरिएको छ । बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची थियो ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक समय परिवर्तन गरी आज दिउँसो २ बजे बस्नेगरी निर्धारण गरेका हुन् ।

global
अर्घाखाँची सिमेन्ट

‘प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सभामुखले सभाको बैठक आजै दिउँसो २ बजे बस्नेगरी निर्धारण गरेको व्यहोरा सांसहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, पाण्डेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal