काठमाडौं । शिक्षक सेवा आयोगले बिहीबार विज्ञापन प्रकाशन गर्दै सातै प्रदेशमा कर्मचारी माग गरेको छ। आयोगले निम्नमाध्यमिक तह तृतीय श्रेणीअन्तर्गत ६ सय ८६ जना शिक्षक माग गरेको हो।
आयोगले बिहीबार जारी गरेको सूचनाअनुसार नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य तथा शारीरिक शिक्षा, संस्कृत व्याकरण र संस्कृत भाषा विषयमा शिक्षक माग गरेको हो।
उमेर हद १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। परीक्षा दस्तुर सात सय रूपैयाँ र समावेशी समूहतर्फका थप विज्ञापनमा पाँच सय रूपैयाँ लाग्नेछ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले वैशाख १२ गतेसम्म र दोब्बर दस्तुर तिरेर वैशाख १९ गतेसम्म आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्