Skip to content
Prabhu

सेयर बजारमा हरियाली, परिसूचक ४१ अंकले बढ्दा कारोबार रकम ५ अर्बमाथि

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार बजारमा हरियाली कायम भएको छ । बिहीबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक ४१ दशमलव ४३ अंकले बढेर २६६३ दशमलव ३० विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १.५८ प्रतिशतले धेरै हो ।

आज सेयर बजारमा २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ६० अंकले ४४६ दशमलव २९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै उपसूचकको सेयर मूल्यमा बढेको छ ।

global
अर्घाखाँची सिमेन्ट

आज परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिन ४ अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज ५ अर्ब २२ करोड ३० लाख ८३ हजार ३४० रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा कुल ३०९ कम्पनीका ९७ लाख ७२ हजार १९२ कित्ता सेयर ५५ हजार ४४२ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो ।

आज सेयर बजारमा दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal