काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुबाट करिब १० अर्ब रुपैयाँको पोलिसी सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनासम्मको सरेन्डरको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुबाट ९ अर्ब ८७ करोड ६३ लाख रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको हो ।
बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ वटा बीमा कम्पनीहरुबाट ७१ हजार ५५४ पोलिसी सरेन्डर भएको छ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा सबैभन्दा धेरै पोलिसी सरेन्डर एलआइसी नेपालको भएको छ ।
यो कम्पनीबाट बीमितले १७ हजार ८८९ पोलिसी बापत ३ अर्ब ९ करोड ९६ लाख रुपैयाँ सरेन्डर भएको छ । पोलिसी सरेन्डरको आधारमा नेपाल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । यो कम्पनीको १५ हजार ५७२ वटा बीमा पोलिसी बापत २ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको ९२ करोड ११ लाख रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको छ । फागुन महिनासम्मको अवधिमा यो कम्पनीबाट १० हजार १४६ वटा पोलिसी सरेन्डर भएका छन् ।
त्यस्तै, नेसनल लाइफ इन्स्योरेन्सको ४ हजार १६० पोलिसी सरेन्डर हुँदा ६० करोड ५१ लाख रुपैयाँ, मेट लाइफको २ हजार ३७८ पोलिसी सरेन्डरबाट २७ करोड ९९ लाख रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सको ५ हजार ८२४ पोलिसी मार्फत ६१ करोड १४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ ।
त्यस्तै आइएमई लाइफ इन्स्योरेन्सको १ हजार १९० पोलिसी सरेन्डर हुँदा १३ करोड ५१ लाख रुपैयाँ, सन नेपाल लाइफको ५२६ पोलिसी बाट ५ करोठ ५५ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको १ हजार ९६ पोलिसी सरेन्डर हुँदा ७ करोड ४४ लाख रुपैयाँ र सिटिजन लाइफको १ हजार ९५९ पोलिसी सरेन्डर हुँदा १८ करोड ४४ लाख रुपैयाँ बराबरको सरेन्डर भएको छ ।
त्यस्तै यो अवधिमा सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ५३ करोड २१ लाख रुपैयाँ बराबरका ३ हजार ९६३ पोलिसी सरेन्डर भएका छन् । त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको ४ हजार ५८४ पोलिसी सरेन्ण्डर हुँदा ४२ करोड २७ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको १ हजार २४७ पोलिसीबाट १७ करोड ४५ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १ हजार २० पोलिसिबाट १४ करोड २० लाख रुपैयाँ सरेन्डर भएको छ ।
प्रतिक्रिया दिनुहोस्