काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज शुक्रबार एक सूचना जारी गरी सहायकदेखि प्रबन्धकसम्मका पदहरूमा १ सय १६ जना कर्मचारी माग गरेको छ।
सो प्राधिकरणले प्रबन्धक १ जना, उपप्रबन्धक ४ जना, वरिष्ठ अधिकृत ५६ जना, अधिकृत ५ जना, वरिष्ठ सहायक १८ जना र सहायक पदमा ३२ जनाबाट दरखास्त आह्वान गरेको हो।
योग्यता पूरा भएको नेपाली नागरिकले वैशाख ४ गतेसम्म र दोब्बर दस्तुर तिरेर वैशाख ११ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्