Skip to content
Prabhu

सुनको मूल्य १४ सयले बढेर बनायो नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा १ हजार ४ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । यसभन्दा चैत ६ गते कायम छापावाल सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँलाई ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।

global
अर्घाखाँची सिमेन्ट

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रतितोला २ दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal