काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकल साढे ६७ खर्बभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ६७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको हो ।
नेपाल राष्ट्र बैंकको चैत १२ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा गरेर उक्त रकम बराबरको निक्षेप संकलन भएको छ । पछिल्लो समय कर्जा प्रवाहभन्दा निक्षेप संकलन बढिरहेको छ । फागुन १२ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले कुला ५४ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपमध्ये वाणिज्य बैंकको मात्रै ६० खर्ब २९ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै अन्य वित्तीय संस्थाहरुमा यो अवधिसम्ममा ७ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट भएको कुला ५४ खर्ब ५८ अर्ब कर्जा प्रवाहमध्ये वाणिज्य बैंकहरुले मात्रै ४८ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अन्य वित्तीय संस्थाहरुबाट भने यो अवधिसम्ममा ६ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम थ्रुपिँदै गएको छ । अधिक तरलता बढ्दा केन्द्रीय बैंकले बजारबाट तरलता प्रशोचन गर्दै आइरहेको छ । अहिले बैंकहरुको सिडी रेसियो ७९.५३ प्रतिशत रहेको छ । राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकहरुले ९० प्रतिशतसम्म सिडी रेसियो कायम गरेर लागनी गर्न पाउँछन् ।
हाल अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ । अहिले बैंकहरुमा अधिक तरलाताको अवस्था रहेको छ । जसले गर्दा केन्द्रीय बैंकले चैत २० गते बुधबार मात्रै बजारबाट ३० अर्ब रुपैयाँ उठाएको थियो ।
प्रतिक्रिया दिनुहोस्