काठमाडौं । रामेछापबाट लुक्लाका लागि उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या आएपछि पुनः रामेछाप नै अवतरण गरेको छ ।
समिट एयरको जहाज आज शुक्रबार बिहान ८ः४५ बजे उडेको केहीबेरमै इन्डिकेटरमा समस्या देखिएपछि रामेछाप नै फिर्ता भएको छ ।
‘यो सामान्य प्राविधिक समस्या हो,’ त्रिभुवन विमानस्थलका एक अधिकारीले बताए। ‘जहाज रामेछापमै अवतरण गरी पार्किङ बेमा पुगेको छ । अब प्राविधिक जाँचपछि मात्र जहाज उडाउन मिल्ने वा नमिल्ने भन्ने थाहा हुन्छ ।’
समिट एयरको १८ सिट क्षमतायुक्त ‘एलईटी४१०’ सिरिजको यो जहाज अहिले रामेछाप मन्थली विमानस्थलमा छ ।
प्रतिक्रिया दिनुहोस्