काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत बिहीबार चैत ७ गतेदेखि सेयर बजारमा भारित औसत मूल्य निर्धारण लागू भयो । नेप्सेले अन्तिम कारोबार मूल्य निर्धारणका लागि नयाँ विधि लागू गर्ने गरेको हो ।
भारित औसत मूल्यमा २ः४५ बजेदेखि ३ बजेसम्म जम्मा कारोबार भएको रकम(रुपैयाँ)लाई कारोबार भएको जम्मा सेयर कित्ताले भाग गरेपछि आउने मूल्य अन्तिम मूल्य हुन्छ । यसमा हरेक सेकेन्ड सेकेन्डमा भएको कारोबारलाई छुट्टै गणना गरिन्छ । अन्तिम १५ मिनेटमा हरेक कारोबार रकमलाई जोडेर जम्मा कारोबार रुपैयाँ निकालिन्छ । त्यो बीचमा कारोबार भएको कित्ता पनि जोडिन्छ । अनि भाग गरिए पछि अन्तिम मूल्य तय हुन्छ ।
यदि कुनै कम्पनीको सेयर मूल्य २ बजेर ४६ मिनेटमा २५ कित्ता सेयर १०० रुपैयाँका दरले (२५×१००=२५०० रुपैयाँ) २ बजेर ५० मिनेटमा ३५ कित्ता सेयर ९८ रुपैयाँका दरले कारोबार हुन्दा (३५×९८=३४३०) २ बजेर ५६ मिनेटमा २० कित्ता १०२ रुपैयाँका दरले कारोबार हुँदा २०×१०२=२०४०) र ३ बजे २० कित्ता १०६ रुपैयाँका दरले खरिद बिक्री हुँदा २०×१०६=२१२० रुपैयाँ) भयो यो । यसरी अन्तिमको १५ मिनेटमा ४ वटा ट्रान्जेक्सन बाट १०० कित्ता सेयर खरिद बिक्री हुँदा १० हजार ९० रुपैयाँको कारोबार भयो ।
अब यो १५ मिनेटमा भएको कारोबारको आधारमा औषत मूल्य निकाल्नका लागि जम्मा कारोबार रकमलाई जम्मा खरिद बिक्री भएको सेयर कित्ताले भाग गर्नु पर्छ । यसबाट निस्कने मूल्य नै भारित औसत मूल्य हुन्छ । जुन अघिल्लो दिनको प्रि ओपन सेसनमा उक्त मूल्यमा त्यो सेयर खरिद बिक्री हुन्छ । हामीले माथि गरेको हिसावअनुसार जम्मा रकम १० हजार ९० रुपैयाँलाई अन्तिम १५ मिनेटमा खरिद बिक्री भएका जम्मा कित्तालाई भाग गर्दा १०० रुपैयाँ ९ पैसा हुन्छ ।
यो कम्पनीको अन्तिम कारोबार बन्द हुँदा अन्तिम मूल्य १०६ रुपैयाँ भए पनि औसत भारित मूल्यका कारण मूल्य १०० रुपैयाँ ९ पैसा भयो । यसरी हेर्दा कसैले अन्तिम समयमा कम्पनीको सेयर मूल्य १०६ रुपैयाँ पुर्याउन खोजे पनि औषतका आधारमा त्यो मूल्य १०० रुपैयाँ ९ पैसा हुने भयो र भोलिपल्टको प्रि आपन सेसन नै यो मूल्यमा कारोबार खुल्ने भयो ।
यदि उक्त अवधिमा कुनै कम्पनीको कुनै पनि कारोबार नभएको खण्डमा भने पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मानेर औषत भारित मूल्य निकालिने छ ।
प्रतिक्रिया दिनुहोस्