Skip to content
Prabhu

राजावादी समूहको अराजक प्रदर्शनको समीक्षा गर्न गृह मन्त्रालयमा आकस्मिक बैठक, प्रहरीलाई गोली चलाउनसम्म निर्देशन

काठमाडौं । भर्खरै गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिवसहित सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको हो ।

बैठकमा राजावादी समूहको अराजक प्रदर्शनको समीक्षा र कर्फ्युका विषयमा छलफल हुने भएको

global
अर्घाखाँची सिमेन्ट

छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले केहीबेर अघिमात्रै तीनकुने क्षेत्रदेखि मनोहरा पुल, गौशलादेखि नयाँ बानेश्वर शंखमूलसम्म कर्फ्यु जारी गरेको छ ।

उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले अवस्था नियन्त्रणको प्रयास भइरहेको र प्रहरीलाई गोली चलाउनसम्म निर्देशन दिएको जानकारी दिए । लुटपाटमा संलग्नमाथि विभिन्न माध्यमबाट अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal