काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि राजावादी समूहले आगजनी गरेका छन् । नेपाल नागरिक उड्ड्यन प्राधिकरणको कार्यालयअगाडि र नेपाल आयल निगम अगाडि रहेको चौरमा राजावादी समूहले आगजनी गरेका हुन् ।
राजावादी समूहले आगजनी चौरमा गरेको र आयल निगमको डिपोतर्फ क्षति नभएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । ‘सडक र अगाडिको चौरमा आगो लागेको छ, निगमको डिपो सुरक्षित छ,’ उनले भने, ‘अप्रिय क्षति नहोस् भनेर दमकल स्ट्यन्डवाइ राखेका छौँ ।’
प्रतिक्रिया दिनुहोस्