Skip to content
Prabhu

राजावादीले आगजनी गरेको घरमा जलेर एभिन्युज टिभीका पत्रकारको मृत्यु

काठमाडौं । राजावादी समूहले आगजनी गरेको  तीनकुनेको घरमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ। उनी एभिन्युज टीभीमा कार्यरत पत्रकार भएको जनाइएको छ ।

एभिन्युज टीभीले आफ्नो समाचारमा राजावादीको प्रदर्शनको खबर संकलनका लागि पुगेका पत्रकारको आगजनी गरिएको घरमा जलेर मृत्यु भएको समाचार प्रशारण गरेको छ । प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार घरको चौथो तलामा एउटा शव फेला परेको छ ।

global
अर्घाखाँची सिमेन्ट

उनले एभिन्युज टिभीमा कार्यरत पत्रकार भएको हुन सक्ने अनुमान भए पनि पुष्टि नभएको बताए । एभिन्युजका पत्रकार शिव दाहालले दिएको जानकारीअनुसार घरको छतमा बसेर आन्दोलन कैद गरेका पत्रकार सुरेश रजक आजगनीपछि सम्पर्कमा थिएनन् ।

रजकका भान्जा राजेशले दिएको जानकारीअनुसार मामा सुरेश रजकको राजावादीले आगो लगाएको घरमा जलेर मृत्यु भएको छ । तर, शव नचिनिने अवस्थामा रहेको हुँदा प्रहरीले हस्तान्तरण नगरेको उनको भनाइ छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal