Skip to content
Prabhu

तीनकुने घटना हिंसा हो, फौजदारी कारबाही हुन्छ : गृहमन्त्रालय

काठमाडौं । राजावादीले तीनकुनेमा गरेको प्रदर्शनलाई सरकारले हिंसा भएको बताएको छ । यो कुनै राजनीतिक र वैचारिक आन्दोलन नभई हिंसात्मक प्रदर्शन भएको निष्कर्ष निकाल्दै सोहीअनुसार कारबाही गर्ने रणनीतिमा सरकार देखिएको हो ।

तीनकुनेको प्रदर्शनमा व्यक्ति मर्नेदेखि तोडफोड र आगजनीको घटना भएपछि यसबारे जानकारी दिन गृहमन्त्रालयले पत्रकार सम्मलेन गरेको थियो । शुक्रबार साँझ सिंहदरबारस्थित मन्त्रालयमा भएको पत्रकार सम्मलेनमा गृहका सहसचिव छवि रिजालले तीनकुनेको प्रदर्शनलाई हिंसाको रुपमा हेरिएको बताएका हुन् ।

global
अर्घाखाँची सिमेन्ट

तीनकुनेमा तनाव सिर्जना भएपछि दिउँसै गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा सुरक्षा संयन्त्रका प्रमुखलाई बोलाएर छलफल गरेका थिए । ‘स्तवन्त्रताको मिसयुज भयो । सभ्य समाजले कल्पनासमेत गर्न नसक्ने हिंसा आजको तीनकुने प्रदर्शनमा भयो,’ गृहमन्त्रालयका सहसचिव रिजालले भने ।

अहिलेसम्मको सरकारी तथ्यांकअनुसार राजावादीको प्रदर्शनमा एभिन्युज टेलिभिजका पत्रकार सुरेश रजक र अर्का प्रदर्शनकारी २९ वर्षीय सविन महर्जनको मृत्यु भएको छ । सरकारी तथ्यांकअनुसार अहिलेसम्म १५ जना प्रदर्शनकारी र १५ जना सुरक्षाकर्मी घाइते भएको विवरण संकलन भएको गृह मन्त्रालयले जनाएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal