Skip to content
Prabhu

मन्त्रिपरिषद् बैठक : शुक्रवारको घटनाको छानविन गर्न गृहमन्त्रालयलाई निर्देशन

काठमाडौँ । राजावादीको आन्दोलनका क्रममा शुक्रवार भएको तोडफोड, लुटपाट र आगजनीको सत्य तथ्य छानबिन र दोषीलाई कारबाही गर्न मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयलार्ई निर्देशन दिएको छ । शुक्रवार साँझ बसेको आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो ।

साथै घटनाको छानबिन गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको बैठकपछि सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बैठकले राजावादीहरूले आतङ्क फैलाएको, घरभित्र मानिस रहेको अवस्थामा ढुंगामुढा गर्ने तथा मानिसको ज्यान जाने अमानवीय र गैह्रकानुनी काम गरेको ठहर गरेको छ ।

global
अर्घाखाँची सिमेन्ट

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal