Skip to content

शुक्रबार लुटपाट भएको कोटेश्वर भाटभटेनी सञ्चालनमा आयो, क्षतिको विवरण संकलन गरिँदै

nabil bank

काठमाडौं । राजवादीद्वारा शुक्रबार लुटपाट भएको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको छ । सीओओ पानु पौडेलले दिएको जानकारीअनुसार रातभर सरसफाइ गरी बिहानदेखि सञ्चालनमा आएको हो ।

‘हामीले राति १२ बजेसम्म सरसफाइ गर्‍यौँ, फुटेका सिसा सफा गर्‍यौँ,’ उनले भने, ‘आज बिहानैदेखि सञ्चालनमा आएको छ । ग्राहकलाई असर नपुगोस् भनेर ध्यान दिएर सरसफाइ गरिएको हो ।’

राजवादी समूह एक्कासि भवनभित्र प्रवेश गरेर मोबाइल, घडी, बियर, महँगा ब्रान्डका रक्सी, कपडा, फलफूल, जुसलगायतका सयौँ वस्तु लुटपाट गरेको छ ।

साथै भवनमाथि इँटा र ढुंगा प्रहार गरेर क्षति पुर्‍याएको छ । क्षतिको मूल्यांकन र फुटेका सिसा केही दिनभित्रै पुनःनिर्माण गरिने जानकारी गराउँदै कोटेश्वरस्थित भाटभटेनी रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको पौडेलले जानकारी दिए ।

भाटभटेनीले एक्कासि हुलहुज्जत गरी स्टोरमा प्रवेश गरेर लुटपाट र क्षति पुर्‍याउनेहरुलाई सरकारले छिट्टै कानुनी दायरामा ल्याउनेछ भन्ने विश्वास राखेको विज्ञप्तिमा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime