Skip to content
Prabhu

बैंकको ऋण नतिरेर कालोसूचीमा परेका बिनोदबहादुर र भाष्करराज राजकर्णिकार राजा ल्याउने पक्षको आन्दोलनमा

काठमाडौं । शुक्रबार राजावादी समूहले गरेको आन्दोलनमा अराजकता फैलियो । जसले आन्दोलनको भिडियो खिच्न गएका पत्रकार सहित दुईजनाको मृत्यु भयो ।

राजा ल्याउने आन्दोलनको नेतृत्व अराजक सामाजिक सद्भाव फैलाउने विवादित व्यापारी दुर्गा प्रसाईले गरेका थिए । राजा फर्काउने आन्दोलनको अघिल्लो दिन बिहीबार राजाको पक्षमा रहेका व्यापारी देखि पत्रकार र कलाकारको भेलाले आन्दोलनको पक्षमा विज्ञप्ती जारी गरेको थियो ।

global
अर्घाखाँची सिमेन्ट

हस्ताक्षर नभएको विज्ञप्तीमा कलाकार मनिषा कोइरालादेखि उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरु भवानी राणा र बिनोदबहादुर श्रेष्ठ तथा एभीन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारसम्म सहभागी थिए ।

राजा ल्याउने आन्दोलनको पक्षमा रहेका व्यापारी बिनोदबहादुर श्रेष्ठ र भाष्करराज राजकर्णिकार दुर्गा प्रसाईजस्तै बैंकको ऋण नितिरेका व्यापारी हुन् । प्रसाई त अहिले बैंकको ऋण नतिरेर कर्जा सूचना केन्द्रमा कालोसूचिमा परेका छैनन् ।

राजा चाहियो भनेर हस्ताक्षर गर्ने बिनोद बहादुर श्रेष्ठ जनताको समेत लगानी रहेको नेकोन एयर डुबाउने लगानीकर्ता हुन् । भाष्करराज राजकर्णिकार समेत बैंकको ऋण तिरेका छैनन् ।

अहिले पूर्वराजा भएका ज्ञानेन्द्रले माघ १९ मा कु गरेर शासन हातमा लिएको बेला बैंकको ऋण नतिर्ने समूहका व्यापारीले त्यो बेला दीपावली गरेका थिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal