काठमाडौं । यो साता नेप्से परिसूचक सामान्य घटेर बन्द भएको छ । यो सताको पाँच कारोबार दिनमध्ये ३ दिन बढेको र दुई दिन घटेको नेप्से परिसूचक समग्रमा ६ दशमलव ०१ अंकले घटेको हो ।
गत साता २६६९ दशमलव ३१ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता ०.२३ प्रतिशत अर्थात ६ दशमलव ०१ अंक घटेर २६६३ दशमलव ३० विन्दुमा झरेको छ । त्यस्तै यो साता सेन्सेटिभ इण्डेक्स १.४१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ । नेप्सेसँगै यस साता कारोबार रकममा पनि गिरावट आएको छ । गत साता दैनिक औषतमा ५ अर्ब २६ करोडको सेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औषतमा ५ अर्ब ८ करोडको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३.३७ प्रतिशत घटेको हो । यस साता दैनिक औषत सेयर संख्या १.६६ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ०.२७ प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि सामान्य घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ३२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ९ अर्ब रुपैयाँ घटेर ४४ खर्ब २२ अर्ब रुपैयाँमा झरेको छ । यस साता १३ वटा उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.२८ प्रतिशत बढेको छ । गत साता ४१६७ दशमलव ८४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १३६ दशमलव ७१ अंक बढेर ४३०४ दशमलव ५५ विन्दुमा पुगेको छ । यस साता अन्य उपसमूहको परिसूचक करिब २ प्रतिशत बढेको छ भने जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक सामान्य बढेको छ।
यो साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत घटेको छ । गत साता ५६३२ दशमलव ८२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १३२ दशमलव ०७ अंक घटेर ५५०० दशमलव ७५ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १७६ दशमलव ८४ अंक घटेको छ ।
प्रतिक्रिया दिनुहोस्