दमौली । आँबुखैरेनी गाउँपालिकाका तीनवटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ ।
आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेंसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो ।
ती सडक ९१ लाख ३८ हजार २१२ रुपैयाँ विनियोजन गरेर काम थालिएको गाउँपालिकाका योजना शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिए । भकुण्डी–बरालुङबेंसी सडकका निम्ति स्थानीयले रु एक लाख ६३ हजार ८२४ योगदान गरेका छन् । आगामी असार १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ ।
लाब्दी–घुमाउने सडकमा स्थानीयले ७ लाख ७५ हजार ६५७ रुपैयाँ योगदान गरेका उनले जानकारी दिए । यसैगरी आँबु मार्गको स्तरोन्नति ५ लाख ३४ हजार ३८८ रुपैयाँको लागतमा जारी छ । यो बाटोमा स्थानीयले ५४ हजार ३८८ रुपैयाँ योगदान गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्