Skip to content

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति ?

nabil bank

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ तोकेको छ । शुक्रबार प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँ थियो ।

आइतबार चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँमा झरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime