Skip to content
Prabhu

सेयर बजार बढेको दिन धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनी

काठमाडौं । आइतबार सेयर बजार उच्च अंकले बढेर कारोबार भएको छ । सेयर बजारमा हरियाली छाएको दिन धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा जोशी हाइड्रोपावर, दार्दीखोला जलविद्युत आयोजना, कुमारी सबल योजना, गुराँश लघुवित्त र तेह्रथुम पावर कम्पनी रहेका छन् ।

आज जोशी हाइड्रोपावरको सेयर मूल्य ३५ रुपैयाँ ५४ पैसाले बढेर ३९३ रुपैयाँ २६ पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा ९.९४ प्रतिशतले बढी हो । त्यस्तै आज दोर्दी खोला जलविद्युत कम्पनीको सेयर मूल्य २४ रुपैयाँ ३८ पैसाले बढेर ३९४ रुपैयाँ ५१ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.५९ प्रतिशत बढी हो ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै कुमारी सबल योजनाको सेयर मूल्य पनि ०.५५ रुपैयाँले बढेर ९ रुपैयाँ १६ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ६.३९ प्रतिशतले धेरै हो । गुराँश लघुवित्तको सेयर मूल्य आज १७५ रुपैयाँ ७५ पैसाले बढेर ३ हजार १२७ रुपैयाँ १५ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ५.९५ प्रतिशतले धेरै हो । आज तेह्रथुम हाइड्रोपावर कम्पनीको सेयर मूल्य ५.८७ प्रतिशत अर्थात् ३० रुपैयाँ २१ पैसाले बढेर ५४४ रुपैयाँ ८७ पैसा पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal