काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकले बढेको दिन प्रभु स्मार्ट फण्ड, सयपत्रि हाइड्रोपावर, सामुदायिक लघुवित्त, बोटलर्स नेपाल (बालाजु) र नेपाल एसबिआई बैंक डिबेन्चर २०८६ कम्पनीका सेयरधनीहरुले सबै भन्दा धेरै गुमाएका छन् । आज प्रभु स्मार्ट फण्डको सेयर मूल्य ०.६४ रुपैयाँले घटेर १० रुपैयाँ ४२ पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा ५.७९ प्रतिशतले कम हो ।
आज सयपत्री हाइड्रोपावरको सेयर मूल्य ३.८९ प्रतिशत अर्थात् ३१ रुपैयाँ ०४ पैसाले घटेर ७६७ रुपैयाँ ६६ पैसा पुगेको छ । आज सामुदायिक लघुवित्तको सेयर मूल्इ ४६.०१ पैसाले घटेर २ हजार ३९ रुपैयाँ ०४ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा २.२१ प्रतिशतले कम हो ।
आज बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य ३९८ रुपैयाँ ५९ पैसाले घटेर १९ हजार ५३३ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा २ प्रतिशतले कम हो । आइतबार एसबिआई बैंक डिबेन्चरको सेयर मूल्य १.९९ प्रतिशत अर्थात् २२ रुपैयाँ ६० पैसाले घटेर १ हजार ११० रुपैयाँ ४० पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्