Skip to content
Prabhu

मंगलबारदेखि त्रिभुवन विमानस्थल १८ घण्टा खुल्ने

काठमाडौं । आगामी मंगलबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालनमा आउने भएको छ । मंगलबारदेखि विमानस्थल बिहान ६ देखि रातको १२ बजेसम्म सञ्चालन हुने नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

गएको कात्तिक २३ गतेदेखि विमानस्थल स्तरोन्नतिका लागि रातको समयमा बन्द हुने गरेको छ । सुरुमा १० घण्टा बन्द गरिएको विमानस्थल पछि आठ घण्टामा झारिएको थियो ।

global
अर्घाखाँची सिमेन्ट

‘रातिको काम लगभग सकिएको छ । मंगलबारदेखि १८ घण्टा सञ्चालन हुन्छ,’ भुलले भने, ‘बाँकी काम बन्द नगरी पनि गर्न सकिन्छ ।’

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal